एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शान्ति वार्ता रुसका सर्तअनुसार अगाडि नबढेमा रुसले युक्रेनमा आफ्नो नियन्त्रण भएको क्षेत्रलाई थप विस्तार गर्ने चेतावनी दिएका छन् ।
पुटिनले यो चेतावनी वरिष्ठ सैन्य कमान्डरहरूको वार्षिक बैठकमा दिएका हुन् । उनले कूटनीति असफल भएमा रुसले सैन्य शक्तिको बलमा आफ्ना लक्ष्य हासिल गर्ने संकेत गरेका छन् ।
पुटिनले रुसले संघर्षलाई वार्ताबाट समाधान गर्न चाहेको र युद्धका मूल कारणहरूको अन्त्य गर्न तत्पर रहेको बताएका छन् ।
तर, उनले विपक्षी र उसका विदेशी समर्थकहरूले गम्भीर संवाद इन्कार गरे रुसले सैन्य कारबाहीको बाटो अपनाउने पनि स्पष्ट पारे ।
पुटिनको यो भनाई त्यस्तो समयमा आएको छ, जब युक्रेनले युद्ध अन्त्य गर्न अन्तर्राष्ट्रियस्तरमा प्रयासहरू तीव पारिरहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले हालै उच्चस्तरीय बैठकहरूपछि सम्झौता पहिलेभन्दा नजिक रहेको बताएका थिए ।
अमेरिका, युक्रेन र युरोपेली देशहरूबीच सुरक्षा ग्यारेन्टी र सीमाहरूसम्बन्धी वार्ता चलिरहेको छ । यद्यपि, नेटो सदस्यताजस्ता मुद्दामा अझै सहमति बन्न सकेको छैन ।
पुटिनले रुसी सेनाले सम्पूर्ण फ्रन्टलाइनमा रणनीतिक अग्रता बनाएको दाबी गरेका छन् । उनले रुस–युक्रेन सीमाको नजिक सुरक्षा बफर जोनलाई थप विस्तार गर्ने पनि बताए
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०३ पुस २०८२, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने
रुसको आर्थिक वृद्धिको गति सुस्त हुँदै गयो : पुटिन
युरोप रुससँग लड्न चाहन्छ भने हामी पनि तयार छौँ : पुटिन
ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता, ‘ठूलो प्रगति’ भएको ट्रम्पको भनाइ
बेइजिङमा पुटिन र किमबीच भेटवार्ता
चीन-रुस सम्बन्ध ‘अभूतपूर्व स्तरमा’ पुगेको छ: पुटिन