चन्द्रपुर (रौतहट) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु भएको छ ।
बिहान चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लच्का नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख ११४८ नंको ट्रकमा विपरीत दिशातर्फ आउँदै गरेको बा ३ च ६१९३ नंको कारसँग ठोक्किँदा वृद्धको मृत्यु भएको हो ।
दुर्घटनामा परी कार चालक दिनेश थपलिया र चन्द्रपुर–६ बस्ने डोरमणि सापकोटा घाइते भएका छन् । उनीहरूको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
ट्रक चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ बस्ने ५३ वर्षीय श्यामबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक लाबुङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ मंसिर २०८२, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
हुम्ला जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट लगियो सुर्खेत
हुम्लाको चंखेलीमा जिप दुर्घटना
जिप दुर्घटनामा एकको मृत्यु, तीन घाइते
डडेलधुरामा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु , ६ जना घाईते
कालिकोटमा जिप दुर्घटना, ७ जना घाइते