चन्द्रपुर (रौतहट) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु भएको छ ।
बिहान चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लच्का नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख ११४८ नंको ट्रकमा विपरीत दिशातर्फ आउँदै गरेको बा ३ च ६१९३ नंको कारसँग ठोक्किँदा वृद्धको मृत्यु भएको हो ।
दुर्घटनामा परी कार चालक दिनेश थपलिया र चन्द्रपुर–६ बस्ने डोरमणि सापकोटा घाइते भएका छन् । उनीहरूको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
ट्रक चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ बस्ने ५३ वर्षीय श्यामबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक लाबुङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ मंसिर २०८२, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्याङ्जामा जिप दुर्घटना: एक जनाको मृत्यु, १८ घाइते
हुम्लामा जिप दुर्घटना हुँदा चार जना घाइते
दैलेखमा जिप दुर्घटना, ८ जना घाइते
रुकुम पूर्वको जिप दुर्घटनापछि राजनीतिक कार्यक्रम श्रद्धाञ्जली सभामा रूपान्तरण
रोल्पा जिप दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो
रोल्पाको जलजलामा जिप दुर्घटना