काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारी आवेदन दिने म्याद थपेको छ।
हिजो बिहीबर बसेको सचिवालय बैठकले म्यादलाई पौष ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार एकीकरण प्रक्रियाबाट जोडिएका सदस्यहरूको आवश्यकता, उच्च संवाद समितिबीच भइरहेको सम्भावित सहकार्य, साथै जेन–जी अगुवा र सरकारले गरेको समझदारीलाई मध्यनजर गर्दै म्याद थपिएको हो।
सचिवालयले परिस्थितिजन्य आवश्यकताका आधारमा कुनै पनि समयमा उम्मेदवारी आवेदन दिने प्रक्रिया बन्द गर्न सकिने र प्राप्त आवेदनहरूको छनोट प्रक्रिया सुरु गरिने जानकारी गराएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ मंसिर २०८२, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने रास्वपाको तयारी
विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुने रास्वपाको विश्वास
रास्वपाले अर्यालको संयोजकत्वमा बनायो निर्वाचन सम्पादन समिति
रास्वपाका पूर्व सांसद श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश
रास्वपाको दोहोरै नीति : फरक व्यवहार, एकै ऐनामा दुई अनुहार
मधेसमा रास्वपाको नजर किन ? यस्ता छन् कारण