सेयर बजार २६०६ अंकमा झर्‍यो

सफल खबर संवाददाता

बुधबार, २४ मंसिर २०८२, १५ : २४
सेयर बजार २६०६ अंकमा झर्‍यो

काठमाडौं । बुधबार सेयर बजार ७.८६ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६०६ अंकमा अडिएको छ । कारोबार रकम सामान्य घटेको छ ।

अघिल्लो दिन ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७३ करोडको भयो । ७९ कम्पनीको मूल्य बढ्दा १६९ को घट्यो, ९ को स्थिर रह्यो ।

सबै सेक्टरका सूचक झरेका छन् । यद्यपि सबैको गिरावट दर १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.०५, विकास बैंक ०.२९, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.१३, हाइड्रोपावर ०.६६, लगानी ०.३२, जीवन बीमा ०.२१, उत्पादन तथा प्रशोधन ०.४२, माइक्रोफाइनान्स ०.२९, निर्जीवन बीमा ०.३५, अन्य ०.३९ तथा व्यापार ०.०२ प्रतिशत घटे ।

प्रतिक्रिया दिनुहोस