काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि १० हजार ९२६ मतदान स्थलहरू रहने भएका छन् ।
निर्वाचन आयोग, गृह मन्त्रालय तथा सुरक्षा निकायहरूलेसमेत रिपोर्ट र मतदाताहरूको सङ्ख्यालाई आधार मानेर १० हजार ९२६ मतदान स्थलहरू राख्ने गरी तयारी भएको छ ।
अघिल्लो निर्वाचनको मतदान स्थलहरू र अहिलेको मतदाता संख्या समेतलाई मध्यनजर गरेर १० हजार ९२६ मतदान स्थलहरू राख्ने गरी तयारी गरिएको छ ।
यो अहिलेसम्म प्रारम्भिक तयारी रहेको र यसमा केही थपघट हुनसक्ने गृह मन्त्रालयले जनाएको छ
उक्त मतदान स्थलमध्ये ३ हजार ५१८ मतदान स्थलहरू अति संवेदनशीलको सूचीमा रहने बताइएको छ । सुरक्षा चुनौतीको आधारमा मतदान स्थलहरूलाई सामान्य, संवेदनशील र अति सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ ।
जसमध्ये सुरक्षा निकायको रिपोर्टको आधारमा अहिले ३ हजार ५१८ मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको हो । अति संवेदनशील मतदान स्थलमा सोही अनुसार सुरक्षाकर्मी थप परिचालन गर्ने गरी तयारी गरिएको छ ।
त्यसैगरी ४ हजार ५२९ मतदान स्थललाई संवेदनशीलको सूचीमा राखिएको छ । तराईका जिल्लाहरू बढी अति संवेदनशील र संदेनशीलको सूचीमा परेका छन् ।
२ हजार ८७९ मतदान स्थलहरूलाई भने सामान्यको सूचीमा राखिएको छ । यसरी वर्गीकरण गरिएका मतदान स्थलहरूमा सुरक्षार्कीको संख्या कति र कसरी परिचालन हुने भन्नेबारे छलफल भइरहेको छ । यसको अन्तिम टुंगो भने लाग्न बाँकी छ ।
२२ हजार ३०४ मतदान केन्द्र रहने गरी तयारी गरिएको छ । यसको संख्यामा निर्णय हुन बाँकी रहेकाले केही तलमाथि हुने बताइएको छ ।
उक्त मतदान केन्द्रहरूमध्ये ७ हजार १५० मतदान केन्द्रहरू अतिसंवेदनशीलको सूचीमा राखिएको छ । संवेदनशीलको सूचीमा ९ हजार ३२० मतदान केन्द्रहरू छन् । ५ हजार ८३४ मतदान केन्द्रहरू भने सामान्य सूचीमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ मंसिर २०८२, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा