काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि १० हजार ९२६ मतदान स्थलहरू रहने भएका छन् ।
निर्वाचन आयोग, गृह मन्त्रालय तथा सुरक्षा निकायहरूलेसमेत रिपोर्ट र मतदाताहरूको सङ्ख्यालाई आधार मानेर १० हजार ९२६ मतदान स्थलहरू राख्ने गरी तयारी भएको छ ।
अघिल्लो निर्वाचनको मतदान स्थलहरू र अहिलेको मतदाता संख्या समेतलाई मध्यनजर गरेर १० हजार ९२६ मतदान स्थलहरू राख्ने गरी तयारी गरिएको छ ।
यो अहिलेसम्म प्रारम्भिक तयारी रहेको र यसमा केही थपघट हुनसक्ने गृह मन्त्रालयले जनाएको छ
उक्त मतदान स्थलमध्ये ३ हजार ५१८ मतदान स्थलहरू अति संवेदनशीलको सूचीमा रहने बताइएको छ । सुरक्षा चुनौतीको आधारमा मतदान स्थलहरूलाई सामान्य, संवेदनशील र अति सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ ।
जसमध्ये सुरक्षा निकायको रिपोर्टको आधारमा अहिले ३ हजार ५१८ मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको हो । अति संवेदनशील मतदान स्थलमा सोही अनुसार सुरक्षाकर्मी थप परिचालन गर्ने गरी तयारी गरिएको छ ।
त्यसैगरी ४ हजार ५२९ मतदान स्थललाई संवेदनशीलको सूचीमा राखिएको छ । तराईका जिल्लाहरू बढी अति संवेदनशील र संदेनशीलको सूचीमा परेका छन् ।
२ हजार ८७९ मतदान स्थलहरूलाई भने सामान्यको सूचीमा राखिएको छ । यसरी वर्गीकरण गरिएका मतदान स्थलहरूमा सुरक्षार्कीको संख्या कति र कसरी परिचालन हुने भन्नेबारे छलफल भइरहेको छ । यसको अन्तिम टुंगो भने लाग्न बाँकी छ ।
२२ हजार ३०४ मतदान केन्द्र रहने गरी तयारी गरिएको छ । यसको संख्यामा निर्णय हुन बाँकी रहेकाले केही तलमाथि हुने बताइएको छ ।
उक्त मतदान केन्द्रहरूमध्ये ७ हजार १५० मतदान केन्द्रहरू अतिसंवेदनशीलको सूचीमा राखिएको छ । संवेदनशीलको सूचीमा ९ हजार ३२० मतदान केन्द्रहरू छन् । ५ हजार ८३४ मतदान केन्द्रहरू भने सामान्य सूचीमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ मंसिर २०८२, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगद्वारा दललाई निर्वाचन चिह्न प्रदान, हेर्नुहोस् कसलाई के ?
निर्वाचन आयोगले दियो राजनीतिक दलहरुलाई २० बुँदे निर्देशन
समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
समानुपातिक उम्मेदवार सूचीमा कम्तीमा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने
निर्वाचन आयोगमा ३३ वटा दलले बुझाए गत आर्थिक वर्षको आय-व्यय विवरण
निर्वाचन आयोगले थप्यो दल दर्ताको समय