पोखरा । जेनजी आन्दोलनका क्रममा व्यक्तिका घरमा आगजनी र तोडफोड गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका पोखरा १० का सभापति चन्द्रबहादुर थापा कारागार चलान भएका छन् । उनले आन्दोलनका क्रममा पोखरा मेयर धनराज आचार्यको घरमा आगजनी र तोडफोड गरेको किटानी जाहेरी छ ।
जिल्ला अदालत कास्कीले उनीसहित ४ जनालाई एकैदिन पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश हिमलाल बेल्बासेको इजलासले आपराधिक उपद्रव तथा डाँका चोरी मुद्दामा थापा सहित बिना मल्ल भनिने विमला सापकोटा, बुद्ध भनिने चिनबहादुर खवासलाई पुर्पक्षका लागि थुनामा पठाएको कास्की प्रहरीका इन्स्पेक्टर गणेश पाण्डेले जानकारी दिए ।
सोही घटनामा अर्का एक नाबालकलाई पनि पुर्पक्षका लागि सुधार गृह पठाइएको छ । घटनामा संलग्नताको आधारमा पक्राउ परेका चन्द्रका भाइ खली भनिने हरिबहादुर थापालाई भने २ लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ । आन्दोलनको दोस्रो दिन उनीहरुले सरकारी सम्पत्तिसँगै मेयर आचार्यको घरमा आगजनी र तोडफोड गर्दै गरेको फोटो, भिडियोको प्रमाण सहित जाहेरी दिइएको थियो ।
आगजनी र तोडफोडको भिडियो र फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि रास्वपाले उनलाई पक्राउ पर्नुअघि नै निलम्बन गरेको थियो । उनीसँगै मादी ६ का सभापति भोजराज पौडेल पनि निलम्बनमा परेका छन् । आन्दोलनको मौका छोपेर सरकारी र निजी सम्पत्तिमाथि क्षति पुर्याउनेलाई कास्की प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।
हालसम्म ५७ जना पक्राउ परिसकेका छन् भने १४ जनालाई पुर्पक्षका लागि कारागार पठाइएको छ । २९ जना अनुसन्धानकै क्रममा हिरासतमा छन् । अन्य १४ जना धरौटीमा रिहा भएका पाण्डेले जानकारी दिए । घटनामा संलग्नहरूको बारेमा प्रमाण सहित सरकारी कार्यालयहरूले आफ्नै जाहेरी दिएका छन् भने व्यक्तिगत रुपमा पनि जाहेरी परेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ मंसिर २०८२, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जलेश्वर कारागारका २७३ कैदीबन्दी अझै फरार
भीमफेदी कारागारबाट भागेका १५४ कैदीबन्दी अझै सम्पर्कविहीन
जेन जेड प्रदर्शनका क्रममा विभिन्न कारागारबाट फरार १२२ कैदी काठमाडौँबाट पक्राउ
कञ्चनपुर कारागारका फरार ११६ कैदीबन्दी सम्पर्कमा आएनन्
५८ कैदी बन्दी कारागार फर्किए
चितवन कारागारका ५४ कैदीबन्दी फर्किए