चितवन। भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनका क्रममा २०८२ भदौ २३–२४ गते भएका दमन, हत्या तथा घुसपैठका घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कानुनी कारबाहीको मागसहित अखिल (क्रान्तिकारी) चितवन जिल्ला समितिद्वारा सञ्चालन भएको हस्ताक्षर अभियान आज सम्पन्न भएको छ।
अभियानले संकलन गरेको ५० हजार हस्ताक्षर जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख गणेश अर्याललाई हस्तान्तरण गरिएको छ। सो हस्ताक्षर प्रधानमन्त्रि कार्यालयसम्म पु¥याइने समितिले जनाएको छ।
समितिले “जेन Z आन्दोलन” माथि भएको दमन, हत्या र षड्यन्त्रपूर्ण गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सत्यतथ्य छानबिनका लागि सरकारलाई दबाब दिने उद्देश्यले अभियान सञ्चालन गरेको हो।
कार्यक्रममा सहभागी तथा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै समितिले आन्दोलनमा घाइते भएका विद्यार्थीहरूको छिटो स्वास्थ्यलाभको कामना समेत गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०८२, १७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
माओवादीको केन्द्रीय कमिटी बैठक जारी
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा