विराटनगर । मोरङको विराटनगर महानगरपालिका–७ स्थित सरस्वती प्लास्टिक उद्योग पछाडिको क्षेत्रमा मंगलबार (मंसिर ९) बिहान ‘भीषण’ आगलागी भएको छ । जलजला मोडनजिक आगलागी भएको हो ।
उद्योगनजिक थुपारिएको प्लास्टिकका फोहोरको डंगुरमा अचानक आगो सल्किएको प्रहरीको अनुमान छ । प्लास्टिकको फोहोर जलाउने क्रममा आगो अनियन्त्रित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
निजी आवासतर्फ आगो फैलन नदिन विराटनगर महागनरपालिकाको दमकल र सुरक्षाकर्मीले प्रयास गरिहेका छन् ।
आगो नियन्त्रणका निम्ति विराटनगर महानगरपालिकाको दमकल, सुरक्षाकर्मीको टोली खटिएका छन् । आगलागीबाट भएको क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ मंसिर २०८२, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि