काठमाडौं । काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ।
कोटेश्वर चोकस्थित सडकमा बा ३ ख ७३८७ नम्बरको बसले किचेर सोही बसका सहचालक भक्तपुर नगरपालिका १० घर भएका ४१ वर्षीय सुरेन्द्र लागेको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
गुडिरहेको बसबाट खस्दा सोही बसले किचेर गम्भीर घाइते भएका उहाँको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै मोरङ, बुढीगङ्गा गाउँपालिका-५ स्थित सडकमा स ३ प ८८४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही गाउँपालिका-४ बस्ने सप्तरी राजविराज नगरपालिका-१ घर भएका १९ वर्षीय सुरज नुनियाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उहाँको विराट टिचिङ अस्पताल गङ्गाचोकमा उपचारको क्रममा मृत्यु भएको हो।
कपिलवस्तु, कृष्णनगर नगरपालिका-३ लक्ष्मीनगरस्थित सडकमा लु ३ त ५९५० नम्बरको थ्रेसर आइतबार दिउँसो दुर्घटना हुँदा थ्रेसरमा सवार सोही नगरपालिका-३ झण्डेनगर बस्ने ४२ वर्षीय पिताम्बर लोनियाको घटनास्थलमै मृत्यु भएको छ।
थ्रेसर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ मंसिर २०८२, ०६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु, एक घाइते
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते
पाल्पामा बस दुर्घटना, ११ जना घाइते
मोटरसाइकल खोलामा खस्दा २ जनाको मृत्यु
चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते