चितवन । चितवनमा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक खैरहनी नगरपालिका–४ का राममणि न्यौपाने रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार कालिका नागरपालिका–११ सिद्धि कल्याण चौरस्थित भित्री सडकमा सिद्धिबाट कल्याणचौरतर्फ गइरहेको बा१८च८९७३ नम्बरको बलेरो गए राति अनियन्त्रित भई दुर्घटना भएकाे थियाे ।
दुर्घटनामा गम्भीर घाइते न्यौपानेको उपचारका लागि भरतपुर अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी खनालले जानकारी दिए ।
बलेरो सडकदेखि अन्दाजी १५० मिटर तल खसेको थियो । बोलेरोमा चालक न्यौपानेमात्र सवार रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ मंसिर २०८२, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु