काठमाडौं । गत भदौं २३ र २४ को जेन जी आन्दोलनको घटना जाँचबुझका लागि गठित आयोगले दुई साताभित्रै तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीसँग बयान लिने तयारी गरेको छ ।
आयोगको समयावधि अब १ महिनामात्र बाँकी रहेको र अन्य सबै काम सकेकोले अब केही बयानका काम सकेर प्रतिवेदन लेखनमा लाग्ने आयोगले जनाएको छ । त्यसका लागि तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, तत्कालिन गृहमन्त्री एवंम कांग्रेस नेता रमेश लेखकसँग पनि आयोगले बयान लिने तयारी थालेको छ ।
‘हामी अबको दुई साताभित्रै उहाँहरु (ओली र लेखक)को पनि बयान लिन्छौं, त्यसको तयारीमा जुटेका छौं,’ आयोगका एक पदाधिकारीले भने । उनका अनुसार, अहिलेसम्म फिल्डमा खटिएका प्रहरी, नख्खु कारागार प्रमुख, मुख्यसचिव लगायतसँग आयोगले बयान लिइसकिएको छ भने उच्च पदस्थ अधिकारी, तत्कालिन गृहमन्त्री र तत्कालीन प्रधानमन्त्रीको बयान लिन बाँकी छ।
जेनजी आन्दोलनपछि २३ भदौंमा निहथ्या कलिला बालबालिकामाथी नरसंहार भएको थियो भने त्यसको भोलिपल्ट संसद, अदालत, सिंह्दरवार लगायत राष्ट्रिय सम्पक्तिको क्षति भएको थियो । जेनजी विद्रोहपछि गठन भएको सुशीला कार्कीको नेतृत्वमा बनेको चुनावी अन्तरिम सरकारले ५ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् ।
उनीहरुले अहिलेसम्म दुई महिनामा ६० प्रतिशतभन्दा बढी काम सकिएको जनाएको छ। ओली, लेखक लगायतलाई आयोगले काठमाडौं उपत्यका छोडन नपाउने गरी स्थानहदको निर्णय गरिसकेको छ । यधपी, उसले त्यससम्वन्धी पत्र भने सम्वन्धितलाई दिएको छैन । ओलीले आयोग निश्पक्ष नभएको र गठन पूर्व नै पूर्वाग्रहमा प्रेरित रहेकोले आयोगलाई नमान्ने गरी सार्वजनिक अभिब्यक्ति दिईरहेका छन् ।
उनले सर्वाेच्च अदालतलाई लेखेको पत्रमा पनि आयोगलाई नमान्ने संकेत गरेका छन् । संसद पूर्नस्थापना गर्नुपर्ने र त्यसपछि सर्वपक्षिय सरकार गठन गरेर निर्वाचनको बाटोमा जानुपर्ने मत ओलीको छ ।
अहिलेको सरारलाई नै ओलीले असम्वैधानिक करार गदै असम्वैधानिक सरकारले गठन गरेको जाँचबुझ आयोगलाई नमान्ने संकेत गरेका हुन् । ओलीले बयान दिन आनाकानी गरे वा बयान दिन मानेनन् भने आयोगले के गर्ला ? यसमा अहिले सवैको चासो छ । तर तत्कालिन गृहमन्त्रीले भने यस विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन । उनी मौन बसिरहेका छन् ।
आयोगले अबको दुई साताभित्रै ओलीसँग बयान लिने बताईरहेको छ । ओली पार्टीको महाधिवेशन तयारीमा रहेकै बेला आयोगले उनीसँग बयान लिन लागेकोले ओलीले यसलाई मसला बनाउन सक्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ मंसिर २०८२, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपाल र भीम रावलको अवस्था देखाउँदै ओलीको घुमाउरो चेतावनी : 'आफुसँग प्रतिस्पर्धा गरे उनिहरुकै हालत'
मेरो सरकार हुँदा अहिलेजस्तो खुलेआम भ्रष्टाचार थिएन: ओली
‘जेन जेड आन्दोलन कुनै क्रान्ति होइन, उपद्रव हो’: केपी ओली
ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
ओलीले आज पत्रकारसँग सवालजवाफ गर्ने
ओलीको बठ्याँई : नेतृत्व हस्तान्तरणको मुद्दा पन्छाउन महाधिवेशनको मिति प्रस्ताव