काठमाडौं । गत भदौं २३ र २४ को जेन जी आन्दोलनको घटना जाँचबुझका लागि गठित आयोगले दुई साताभित्रै तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीसँग बयान लिने तयारी गरेको छ ।
आयोगको समयावधि अब १ महिनामात्र बाँकी रहेको र अन्य सबै काम सकेकोले अब केही बयानका काम सकेर प्रतिवेदन लेखनमा लाग्ने आयोगले जनाएको छ । त्यसका लागि तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, तत्कालिन गृहमन्त्री एवंम कांग्रेस नेता रमेश लेखकसँग पनि आयोगले बयान लिने तयारी थालेको छ ।
‘हामी अबको दुई साताभित्रै उहाँहरु (ओली र लेखक)को पनि बयान लिन्छौं, त्यसको तयारीमा जुटेका छौं,’ आयोगका एक पदाधिकारीले भने । उनका अनुसार, अहिलेसम्म फिल्डमा खटिएका प्रहरी, नख्खु कारागार प्रमुख, मुख्यसचिव लगायतसँग आयोगले बयान लिइसकिएको छ भने उच्च पदस्थ अधिकारी, तत्कालिन गृहमन्त्री र तत्कालीन प्रधानमन्त्रीको बयान लिन बाँकी छ।
जेनजी आन्दोलनपछि २३ भदौंमा निहथ्या कलिला बालबालिकामाथी नरसंहार भएको थियो भने त्यसको भोलिपल्ट संसद, अदालत, सिंह्दरवार लगायत राष्ट्रिय सम्पक्तिको क्षति भएको थियो । जेनजी विद्रोहपछि गठन भएको सुशीला कार्कीको नेतृत्वमा बनेको चुनावी अन्तरिम सरकारले ५ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् ।
उनीहरुले अहिलेसम्म दुई महिनामा ६० प्रतिशतभन्दा बढी काम सकिएको जनाएको छ। ओली, लेखक लगायतलाई आयोगले काठमाडौं उपत्यका छोडन नपाउने गरी स्थानहदको निर्णय गरिसकेको छ । यधपी, उसले त्यससम्वन्धी पत्र भने सम्वन्धितलाई दिएको छैन । ओलीले आयोग निश्पक्ष नभएको र गठन पूर्व नै पूर्वाग्रहमा प्रेरित रहेकोले आयोगलाई नमान्ने गरी सार्वजनिक अभिब्यक्ति दिईरहेका छन् ।
उनले सर्वाेच्च अदालतलाई लेखेको पत्रमा पनि आयोगलाई नमान्ने संकेत गरेका छन् । संसद पूर्नस्थापना गर्नुपर्ने र त्यसपछि सर्वपक्षिय सरकार गठन गरेर निर्वाचनको बाटोमा जानुपर्ने मत ओलीको छ ।
अहिलेको सरारलाई नै ओलीले असम्वैधानिक करार गदै असम्वैधानिक सरकारले गठन गरेको जाँचबुझ आयोगलाई नमान्ने संकेत गरेका हुन् । ओलीले बयान दिन आनाकानी गरे वा बयान दिन मानेनन् भने आयोगले के गर्ला ? यसमा अहिले सवैको चासो छ । तर तत्कालिन गृहमन्त्रीले भने यस विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन । उनी मौन बसिरहेका छन् ।
आयोगले अबको दुई साताभित्रै ओलीसँग बयान लिने बताईरहेको छ । ओली पार्टीको महाधिवेशन तयारीमा रहेकै बेला आयोगले उनीसँग बयान लिन लागेकोले ओलीले यसलाई मसला बनाउन सक्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ मंसिर २०८२, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन
पार्टीका इतरपक्षलाई ‘टिकट’ मै बन्देज लगाउने ओलीको तयारी
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली