बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै

सफल खबर संवाददाता

आइतबार, ०७ मंसिर २०८२, ०७ : ५०
बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै

काठमाडौँ ।  बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूह लगायतले आज पार्टी एकता गर्ने भएका छन् । 

वृहत् एकता घोषणासभाको सम्पूर्ण तयारी पूरा भएको नेसपा (नयाँ शक्ति)का प्रचार विभाग प्रमुख रेखी गुरुङले जानकारी दिए । राष्ट्रिय सभागृह काठमाडौँ  हुने कार्यक्रममा तीन घटक बाहेक अन्य समूहलाई पनि एकतामा ल्याइने बताइएको छ ।

नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबिच कात्तिक २८ गते एकता सहमतिमा हस्ताक्षर भएको थियो । एकता सभा कार्यक्रममा नयाँ र वैकल्पिक पार्टीलाई मात्र निम्तो दिएको छ । 

नयाँ शक्तिले विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेनजीका विभिन्न समूहसँग एकताका लागि छलफल जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस