बुटवल । पाल्पाको रानीमहलको अवलोकन भ्रमणमा हिँडेका विद्यार्थी बोकेर आएको एउटा बस आज बिहान दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा ११ जना सामान्य घाइते भएका छन् । दाङको राजपुरस्थित साधारण नमुना माविबाट विद्यार्थी लिएर पाल्पा भ्रमणका लागि आएको ना५ख १०८९ नम्बरको बस बिहान करिब ६ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
रानीमहल जाने क्रममा तानसेन नगरपालिका–१३ बैकण्ठे भिर नजिकै बस अनियन्त्रित भएर बस सडकको भित्तामा ठोक्किन पुगेको पाल्पाका डीएसपी होम प्रकास चौधरीले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ मंसिर २०८२, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शंखरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु