४.९८ अंकले घट्यो सेयर बजार

सफल खबर संवाददाता

बुधबार, ०३ मंसिर २०८२, १६ : ०४
४.९८ अंकले घट्यो सेयर बजार

काठमाडौँ । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.९८ अंक घटेको छ । अघिल्लो दिन १५ अंक बढेको थियो ।

आजको कमीसँगै नेप्से परिसूचक २५६१ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ अर्ब ७७ करोडको भयो ।

७७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ९ को स्थिर रह्यो । होटेल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१६ प्रतिशत बढेको छ । हाइड्रोपावर, साहस ऊर्जा, राधि विद्युत्, युनियन हाइड्रोपावर र सिनर्जी पावर छन् ।

प्रतिक्रिया दिनुहोस