काठमाडौँ । सर्लाहीको लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ परेका छन् ।
चुरेवर्ती क्षेत्रबाट लागुऔषध गाँजा ल्याइँदै गरेको सुराकी पाएपछि इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज बिहान लालबन्दी नगरपालिका–६, स्थित शिव मन्दिरबाट ३८ किलो ८९० ग्राम गाँजा बरामद गरेको हो ।
उक्त गाँजा ओसारपसारमा संलग्न रहेको हरिवन नगरपालिका–१, पटौनाका ५५ वर्षीय बद्रीबहादुर श्रेष्ठलाई पक्राउ गरिएको हो ।
प्रदेश–२–०३००१ ह ३२८ नम्वरको अटो र ना ६० प ५५६ नम्बरको मोटरसाइकलबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अटोबाट एक पोका र मोटरसाइकलबाट छ पोका गाँजा बरामद भएको छ ।
मोटरसाइकलमा रहेका मानिस भने फरार भएका र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ मंसिर २०८२, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
गाजामा इजरायलको आक्रमण, ११ प्यालेस्टाइनीको मृत्यु
चिसोका कारण गाजा क्षेत्रमा मानवीय संकट बढ्दो