काठमाडौँ । सर्लाहीको लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ परेका छन् ।
चुरेवर्ती क्षेत्रबाट लागुऔषध गाँजा ल्याइँदै गरेको सुराकी पाएपछि इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज बिहान लालबन्दी नगरपालिका–६, स्थित शिव मन्दिरबाट ३८ किलो ८९० ग्राम गाँजा बरामद गरेको हो ।
उक्त गाँजा ओसारपसारमा संलग्न रहेको हरिवन नगरपालिका–१, पटौनाका ५५ वर्षीय बद्रीबहादुर श्रेष्ठलाई पक्राउ गरिएको हो ।
प्रदेश–२–०३००१ ह ३२८ नम्वरको अटो र ना ६० प ५५६ नम्बरको मोटरसाइकलबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अटोबाट एक पोका र मोटरसाइकलबाट छ पोका गाँजा बरामद भएको छ ।
मोटरसाइकलमा रहेका मानिस भने फरार भएका र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ मंसिर २०८२, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी
७५० केजी गाँजासहित दुई जना पक्राउ
गाँजासहित एक भारतीय युवक पक्राउ
‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद
ठोरीबाट ९१ केजी गाँजा बरामद
एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद