काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।
मन्त्री अर्यालले आइतबार दिउसो तीन बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्नेगरी केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरेको गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव आनन्द काफ्लेले रातोपाटीलाई जानकारी दिए ।
फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन, दुर्गा प्रसाईँले आह्वान गरेको आन्दोलनमा शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न अर्यालले बैठक बोलाएका हुन् ।
बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सदस्य हुन्छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० कार्तिक २०८२, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग