तनहुँ । व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेतले कुखुरापालन गरेर मासिक एक लाख आम्दानी गर्दै आएका छन् । १७ वर्षसम्म दुबईमा रोजगारी गरेका बस्नेत स्वदेश फर्किएर व्यावसायिक रूपमा कुखुरापालनमा लागेका हुन् ।
विदेशमा रहँदा कोरोना महामारीका बेला बुबाको निधन भएको नौ महिनापछि घर फर्किएका बस्नेत त्यसपछि विदेश नगई स्वदेशमै केही गरौँ भन्दै पाँच वर्षदेखि कुखुरापालन गर्दै आएका हुन् ।
विदेशमा गरेको आम्दानीभन्दा स्वदेशमा बसेर दोब्बर कमाइ गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न बस्नेत सफल भएका छन् । उनले सञ्चालन गर्दै आएको ‘बस्नेत ब्रोइलर पोल्ट्री एण्ड एग फार्म’मा हाल दुई हजार कुखुरा छन् । शुरूआतमा ३० लाख लगानीमा छ रोपनी क्षेत्रफलमा दुई आधुनिक ट्रष्ट निर्माण गरी व्यावसायिक रूपमा कुखुरापालन व्यवसाय शुरू गरेका बस्नेतले मनग्य आम्दानी गर्दै आएका छन् ।
दैनिक एक हजार आठ सय अण्डा उत्पादन हुने यो फार्मबाट महिनामा पाँच लाख बढीको कारोबार हुने गरेको बताए । उनले भने, 'दुबईमा महिनामा ६० हजार आउँथ्यो, अहिले गाउँमै परिवारका साथमा बसेर विदेशको भन्दा दोब्बर फाइदा भइरहेको छ ।'
कुखुरा व्यवसायबाट उत्पादन हुने ठूला दाना (क्रेड) स्थानीय बजारमा प्रतिथान रु पाँच सयमा बिक्री हुँदै आएको छ । जोखिमयुक्त मानिने कुखुरापालनमा किसानलाई टिकाइराख्न सरकारले दाना उत्पादनमा अनुदान दिनुपर्ने बस्नेत बताउँछन् ।
'पूर्वाधारमा मात्र अनुदान दिएर हुँदैन । दाना खरिद गर्न सहयोग भयो भने किसान यो व्यवसायमा टिकाउँछन्, राज्यको लगानी पनि सुरक्षित हुन्छ,' उनको तर्क छ । बस्नेतका अनुसार कुखुरापालन सुरु गरेपछि वर्षौँदेखि बाँझो रहेको जमिनको सदुपयोगमात्र नभई खेतीपातीमै पनि उल्लेख्य सुधार आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० कार्तिक २०८२, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा पालिएका कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’
पाँच हजार कुखुरापालनबाट मासिक पाँच लाख बचत
किन छिटो हुर्कन थाले ब्रोइलर कुखुरा ?
कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत
कुखुरा मासुको मूल्य वृद्धि