काठमाडौ । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका-५ र भीमफेदी गाउँपालिका वडा नम्बर १ को सिमानास्थित बुङ्दल खोला पुलनजिक मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो।
घटनास्थलमै मृत्यु भएका दुवै जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराका अनुसार दुर्घटना गएराति भएको हो।
बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरासाइकल झण्डै ४०/५० मिटर तल बुङदल खेलामा खसेको छ।आइतबार (आज) बिहान स्थानीयले दुर्घटनामा परेको मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए।
अहिले प्रहरी घटनास्थलमा पुगेको र दुर्घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरी प्रमुख बोहोराले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० कार्तिक २०८२, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत
कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते
बसको ठक्करबाट युवतीको मृत्यु