काठमाडौ । पूर्वप्रधानमन्त्रीडा. बाबुराम भट्टराईले देश इतिहासकै सबैभन्दा कमजोर, अस्थिर र अन्योलपूर्ण अवस्थामा रहेको बताएका छन्। उनले राष्ट्र संकटमा परेका बेला राजनीतिक दलहरू सत्ता र भागबण्डाको झगडामा अल्झिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै सबैलाई गम्भीर आत्म-समीक्षा गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले देशको अवस्थालाई ‘घरमा आगो लागेको’ सँग तुलना गरेका छन्। उनले लेखेका छन्, “घरमा आगो लागेको वेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा, आरोप-प्रत्यारोप गर्ने वेला यो हैन। बरु सबै मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो।”
उनले राष्ट्र, राज्य, समाज, अर्थतन्त्र, लोकतन्त्र, सुरक्षा, संस्कृति र नागरिकको मनोबललगायत सबै पक्षहरू अहिले सम्भवतः इतिहासमै सबैभन्दा कमजोर अवस्थामा रहेको औंल्याएका छन्। यस्तो गम्भीर परिस्थितिमा व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितमा एकजुट हुनुपर्नेमा उनको जोड छ।
पूर्वप्रधानमन्त्री भट्टराईले देशको यो गम्भीर अवस्थाप्रति सबै पक्षलाई सचेत रहन आग्रह गर्दै भनेका छन्, “सबैले गम्भीर आत्म-समीक्षा गरौं! नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन!”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० कार्तिक २०८२, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम भट्टराई आज भारत जाँदै, यस्तो छ उनको कार्यतालिका
रवि लामिछानेलाई सशर्त रिहाको आदेश स्वागतयोग्य : बाबुराम भट्टराई
बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै
बाबुराम, जनार्दन र डीपी अर्याल लगायतबिच छलफल
निर्वाचनमार्फत देशको नेतृत्व लिएर अघि बढ्ने तयारी गर्नु : जेनजीहरुलाई बाबुरामको सुझाव
नयाँ राजनीतिक विकल्प तयार गर्न बाबुरामको जोड