काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
कार्यालयले आज एक सूचना जारी गर्दै ९ वटा निकायबाट पठाइएका विवरणका आधारमा विभिन्न १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।
कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाइने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ कार्तिक २०८२, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको हवाई क्षेत्र ईयू कालोसूचीबाट हटाउन परराष्ट्र मन्त्री खनालको आग्रह
७ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा
१२ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस
९ निर्माण व्यवसायी कालोसूचीमा
९ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु, ७ दिनभित्र स्पष्टीकरण दिन अल्टिमेटम
२० निर्माण कम्पनी कालोसूचीमा