काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ बमोजिम उनीहरूलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।
कार्यालयका अनुसार मिति २०८२।१०।०४ गतेको निर्णयअनुसार अधिकांश निर्माण कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ भने केही कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ। कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।
कालोसूचीमा परेकामध्ये सडक डिभिजन कार्यालय चरिकोट र बैतडीसँग सम्बन्धित निर्माण कम्पनीहरू संख्या बढी रहेको छ। साथै कृषि सामग्री कम्पनी लिमिटेड र सडक सुधार तथा विकास आयोजना निर्देशनालयको सिफारिसमा परेका केही कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ माघ २०८२, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस
९ निर्माण व्यवसायी कालोसूचीमा
९ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु, ७ दिनभित्र स्पष्टीकरण दिन अल्टिमेटम
यी ५ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालोसूचीमा
१४ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)
यी १४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने सरकारको तयारी