काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गृहमन्त्रालय संवेदनशील मन्त्रालय भएकाले यहाँबाट भइरहेका कतिपय कार्यबारे भन्न नमिल्ने बताएका छन् ।
उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्– गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ ।’
गृहमन्त्री अर्यालले आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक आफूहरूसँग अर्को विकल्प नभएको समेत बताएका छन् । उनले कार्यकालको अन्त्यसम्म धैर्य गरिदिन आग्रह समेत गरेका छन् ।
उनले लेखेका छन्– आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन । कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ ।’
उनले पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन मार्फत निकाससम्म डोर्याउने वर्तमान सरकारको अभिभारालाई पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ कार्तिक २०८२, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव