मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-९ माष्टरचोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।
शनिबार राति करिब ११ बजे जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २६५६ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
बसको ठक्करबाट गम्भीर घाइते भएका रुपन्देहीको देवदह नगरपालिका-८ निवासी ३७ वर्षीय राम बहादुर बोहराको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा भएका ती पुरुषलाई प्रहरी निरीक्षक किशोर आचार्यको कमाण्डमा खटिएको टोलीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याएको थियो। तर अस्पताल पुगेको केहीबेरमै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
प्रारम्भिक समयमा मृतकको परिचय खुलेको थिएन। तर घटनास्थलमा फेला परेको मोबाइलको सिम कार्ड प्रयोग गरी सम्पर्क गर्दा बोहोरा रहेको खुल्न आएको प्रहरीले जनाएको छ।
बस चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–६ निवासी ३३ वर्षीय सुजय कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ कार्तिक २०८२, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित युवक पक्राउ
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ