वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा दुई खर्ब १८ अर्ब १० करोड मूल्य पर्ने को सामान आयात भएका छन् ।
गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात १९ प्रतिशत वृद्धि अर्थात् ३४ अर्ब २३ करोड बढीका सामान आयात भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको तीन महिनाको अवधिमा भने एक खर्ब ८३ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले वीरगञ्ज नाका हुँदै चालु आवको तीन महिनामा आयात ह्वात्तै बढेको जानकारी दिए ।
वीरगञ्ज नाका हुँदै तीन महिनामा ३८ अर्ब नौ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थ आयात भएको छ । १९ अर्ब ८४ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । सोही अवधिमा १५ अर्ब ५७ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ । १४ अर्ब ८० करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ ।
बैठकमा केन्द्रीय सदस्य दीपक बोहराले रवि लामिछानेको पक्षमा गरिएको हस्ताक्षर अभियानको प्रतिवेदन पेस गरेका छन् ।
कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य गणेश पराजुली र रविकिरण अधिकारीले निर्वाचन सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ कार्तिक २०८२, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्ज नाकाबाट तीन महिनामा ३८ अर्बको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो