पर्सा । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट रु ६८ अर्ब १७ करोड मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन् । जुन गत आवको सोही वर्षको तुलनामा रु आठ अर्ब ११ करोडले बढी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आव २०८१-८२ को साउनमा रु ६० अर्ब छ करोड बराबरको वस्तु तथा सामान आयात भएको थियो ।
चालु आर्थिक वर्षको साउनमा यो नाकाबाट हुने निर्यात बढेको छ । चालु आवको साउनमा रु आठ अर्ब ४५ करोडको सामान विभिन्न मुलुकमा निर्यात भएको छ । गत आवको साउनमा रु तीन अर्ब पाँच करोडको मात्रै सामान निर्यात भएको थियो ।
कार्यालयका अनुसार साउनमा रु १८ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको छ । जबकी आव २०८१-८२ को साउनमा रु १५ अर्ब ९२ करोडको राजस्व सङ्कलन भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ भदौ २०८२, १२ : २३
लेखकबाट थप