निर्वाचन र संसद् पुनर्स्थापना दुवैमा खुला हुनुपर्ने काँग्रेस बैठकमा सुझाव

सफल खबर संवाददाता

शुक्रबार, २४ असोज २०८२, १६ : ५१
निर्वाचन र संसद् पुनर्स्थापना दुवैमा खुला हुनुपर्ने काँग्रेस बैठकमा सुझाव

काठमाडौँ । नेपाली काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा निर्वाचनलाई पनि प्रयोग गर्ने तर संसद् पुनर्स्थापनाको विकल्प पनि खुल्ला नै राखेर जानुपर्ने धारणा आएको छ ।

शुक्रबारको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले दुवै विषयमा काँग्रेस तयार रहनुपर्ने सुझाव आएको जानकारी दिए ।

‘संवैधानिक प्रबन्ध अनुसार त यो सरकार बनेको होइन । तर निर्वाचन गर्ने तिथीमिति तोकिएको छ । काँग्रेस जनतामा विश्वास गर्ने पार्टी हो, जनतामा जाने कुरालाई नकार्न सकिन्न,’ उनले भने,’ जनतामा विश्वास गर्ने पार्टी हो जनतामा जाने कुरा नकार्न सक्दैनौँ । तर सरकार निष्पक्ष रूपमा चुनावको वातावरण बनाउन गम्भीर देखिएको छैन । त्यसैले निर्वाचन गराउँछ कि गर्दैन हेर्नुपर्छ । संसद् पुनर्स्थापनाको बाटो पनि खुला राख्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस