काठमाडौँ । नेपाली काँग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका संशोधनबारे छलफल थालेको छ। सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा कार्यतालिका संशोधनबारे छलफल भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए।
बैठकमा महामन्त्री गगन थापाले वडा र क्षेत्रीयको अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गर्ने ढंगको प्रस्ताव ल्याएको बताएका छन्।
उनले भने, ‘महामन्त्रीले क्रियाशील सदस्य समयमै सकिने भएन, वडा र क्षेत्रीयपछि केन्द्रीय महाधिवेशन गरौँ भन्ने आशयले प्रस्ताव राख्नुभएको छ। त्यसमा साथीहरूले कार्यतालिका मात्रै ल्याउने कार्यान्वयन नहुने अब हुँदैन भन्ने कुरा भएको छ। बोल्ने क्रम चलिरहेको छ।’
महामन्त्रीले बैठकमा क्रियाशील सदस्यतामा भएको प्रगतिबारे जानकारी गराएको बताए। कार्यवाहक सभापतिले राष्ट्रियसभाको निर्वाचन, प्रतिनिधि सभाको समानुपातिकतर्फको उम्मेदवार, विगतमा गरिएको अनुशासनको कारवाही लगायतको विषयमा कुरा राखेको बताए।
बैठकमा नेताहरूको बोल्ने क्रम जारी रहेकाले भोलि दिउँसो १ बजे फेरि बैठक बस्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ पुस २०८२, १६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति
एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन: गगन थापा
धनगढी पुगे गगन
प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा
लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो : सभापति थापा