काठमाडौँ । नेपाली काँग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका संशोधनबारे छलफल थालेको छ। सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा कार्यतालिका संशोधनबारे छलफल भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए।
बैठकमा महामन्त्री गगन थापाले वडा र क्षेत्रीयको अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गर्ने ढंगको प्रस्ताव ल्याएको बताएका छन्।
उनले भने, ‘महामन्त्रीले क्रियाशील सदस्य समयमै सकिने भएन, वडा र क्षेत्रीयपछि केन्द्रीय महाधिवेशन गरौँ भन्ने आशयले प्रस्ताव राख्नुभएको छ। त्यसमा साथीहरूले कार्यतालिका मात्रै ल्याउने कार्यान्वयन नहुने अब हुँदैन भन्ने कुरा भएको छ। बोल्ने क्रम चलिरहेको छ।’
महामन्त्रीले बैठकमा क्रियाशील सदस्यतामा भएको प्रगतिबारे जानकारी गराएको बताए। कार्यवाहक सभापतिले राष्ट्रियसभाको निर्वाचन, प्रतिनिधि सभाको समानुपातिकतर्फको उम्मेदवार, विगतमा गरिएको अनुशासनको कारवाही लगायतको विषयमा कुरा राखेको बताए।
बैठकमा नेताहरूको बोल्ने क्रम जारी रहेकाले भोलि दिउँसो १ बजे फेरि बैठक बस्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ पुस २०८२, १६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा
विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ : गगन थापा