आज बिहारमा विधानसभा चुनाव हुदै

एजेन्सी

विहीबार, २० कार्तिक २०८२, ०८ : ११
आज बिहारमा विधानसभा चुनाव हुदै

एजेन्सी । भारतीय राज्यमा बिहारमा आज (नोभेम्बर ६) विधानसभा चुनाव हुँदै छ। 

आज पहिलो चरणको मतदान हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पहिलो चरणमा १८ जिल्लाका १२१ विधानसभा सिटका लागि चुनाव हुनेछ।  यस चरणमा राजधानी पटनामा पनि मतदान हुनेछ।

यस चरणमा बिहारका उपमुख्यमन्त्री सम्राट चौधरी, उपमुख्यमन्त्री विजय सिन्हा र राष्ट्रिय जनता दल (राजद) का नेता तेजस्वी यादवजस्ता प्रमुख व्यक्ति प्रतिस्पर्धामा छन्।

शान्तिपूर्ण मतदान सुनिश्चित गर्न निर्वाचन आयोगले कडा सुरक्षा व्यवस्था गरेको छ। संवेदनशील मतदान केन्द्रहरूमा विशेष सतर्कता अपनाइएको छ।

दोस्रो चरणको मतदान नोभेम्बर ११ मा २० जिल्लाका १२२ विधानसभा निर्वाचन क्षेत्रमा हुनेछ। नतिजा नोभेम्बर १४ मा घोषणा गरिनेछ।

प्रतिक्रिया दिनुहोस