२६ सय नाघ्यो सेयर बजार

सफल खबर संवाददाता

बुधबार, १९ कार्तिक २०८२, १५ : २९
२६ सय नाघ्यो सेयर बजार

काठमाडौं । बुधबार नेप्से परिसूचक १२.१७ अंकले बढेर २६०७ मा पुगेको छ।

कारोबार रकम घटेर ४ अर्ब ६८ करोडमा सीमित भएको छ।

फाइनान्स समूह सबैभन्दा बढी ३.४१ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूह ०.४५ प्रतिशतले घटेको छ।

१९ कात्तिक, काठमाडौं । बुधबार सेयर बजार १२. १७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६०७ मा कायम भएको छ ।

कारोबारका क्रममा अधिकांश समय रातो रहेको नेप्से २ बजेपछि उकालो लाग्यो । नेप्से बढे पनि कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोडको कारोबार भएकोमा आज ४अर्ब ६८ करोडको भयो ।

प्रतिक्रिया दिनुहोस