काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमहामन्त्री महेन्द्र यादवले मंगलबार (हिजो) प्रस्तुत गरेको कार्यतालिका व्यक्तिगत भएको पार्टी बैठकमा जानकारी गराएका छन् ।
सहमहामन्त्री यादवले २७-३० वैशाखसम्म १५औँ महाधिवेशन गर्नुपर्ने प्रस्ताव राख्दै हिजो कार्यतालिका केन्द्रीय समिति बैठकमा राखेका थिए ।
आजको बैठकमा कार्यवाहक सभापति खड्काले सहमहामन्त्री यादवले राखेको कार्यतालिकाको प्रस्ताव उनको व्यक्तिगत धारणा जानकारी गराएका हुन् ।
‘केन्द्रीय समितिले उहाँको धारणा भनिसकेपछि आज कुन पत्रिका र कुन मिडियाले के लेख्यो भनेर पत्रिकाको कुरा गर्न सान्दर्भिक होला जस्तो लाग्दैन । सबैको ध्यानाकर्षण यो विषयमा गराए,’ कार्यवाहक सभापति खड्काले बैठकमा भने ।
महामन्त्री गगन थापाले चुनाव अघि नियमित महाधिवेशन गर्नुपर्ने भन्दै १६-१९ पुससम्म महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्ताव गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ कार्तिक २०८२, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतन्त्र दिवसकै दिन नयाँ पार्टी घोषणा गर्ने तयारीमा खड्का समूह
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध पूर्णबहादुर खड्काको आपत्ति
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने
सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत