‘महेन्द्र यादवको महाधिवेशन सम्बन्धी प्रस्ताव व्यक्तिगत हो’ : पूर्णबहादुर खड्का

सफल खबर संवाददाता

बुधबार, १९ कार्तिक २०८२, १३ : ०२
‘महेन्द्र यादवको महाधिवेशन सम्बन्धी प्रस्ताव व्यक्तिगत हो’ : पूर्णबहादुर खड्का

काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमहामन्त्री महेन्द्र यादवले मंगलबार (हिजो) प्रस्तुत गरेको कार्यतालिका व्यक्तिगत भएको पार्टी बैठकमा जानकारी गराएका छन् ।

सहमहामन्त्री यादवले २७-३० वैशाखसम्म १५औँ महाधिवेशन गर्नुपर्ने प्रस्ताव राख्दै हिजो कार्यतालिका केन्द्रीय समिति बैठकमा राखेका थिए ।

आजको बैठकमा कार्यवाहक सभापति खड्काले सहमहामन्त्री यादवले राखेको कार्यतालिकाको प्रस्ताव उनको व्यक्तिगत धारणा जानकारी गराएका हुन् ।

‘केन्द्रीय समितिले उहाँको धारणा भनिसकेपछि आज कुन पत्रिका र कुन मिडियाले के लेख्यो भनेर पत्रिकाको कुरा गर्न सान्दर्भिक होला जस्तो लाग्दैन । सबैको ध्यानाकर्षण यो विषयमा गराए,’ कार्यवाहक सभापति खड्काले बैठकमा भने ।

महामन्त्री गगन थापाले चुनाव अघि नियमित महाधिवेशन गर्नुपर्ने भन्दै १६-१९ पुससम्म महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस