चितवन । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आज चितवनको भरतपुर महानगरपालिका-२९ जुगेडीस्थित ओम मेगाश्री फर्मास्युटिकल्सको निरीक्षण तथा अवलोकन गरेका छन् ।
निरीक्षणपछि मन्त्री खरेलले औषधि उत्पादन संवेदनशील क्षेत्र भएकाले उच्च सतर्कता पालना आवश्यक हुने बताए । उनले भने, “औषधि उत्पादन अरू उत्पादनजस्तो होइन, यो अत्यन्त संवेदनशील क्षेत्र हो । यहाँ निरीक्षण गर्दा कम्पनीले आवश्यक सबै प्रोटोकल पालना गर्दै व्यवस्थित र राम्रो ढंगले उत्पादन गरिरहेको देखियो ।
विभिन्न ५० प्रकारका औषधि उत्पादन भएको थाहा पाउँदा खुसी लागेको उल्लेख गर्दै मन्त्री खरेलले यस्ता उद्योगले देशलाई औषधिमा आत्मनिर्भर बनाउन सहयोग पुर्याउने बताए । उनले विदेशमा आर्जन गरेको पुँजी स्वदेशमै लगानी गर्नु सकारात्मक भएको उल्लेख गरे।
ओम मेगाश्री फर्मास्युटिकल्सका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले करिब २२ वर्ष युरोपमा बसोबास गरी औषधि क्षेत्रको अनुभव हासिल गरेपछि स्वदेशमै औषधि उत्पादन गर्ने उद्देश्यले लगानी गरिएको जानकारी दिए । उनले कम्पनीले औषधि उत्पादनसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गरिरहेको बताए । कम्पनीमा रु. एक अर्ब ५० करोड लगानी रहेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ पुस २०८२, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाउन सञ्चार मन्त्री खरेलको निर्देशन
सरकारको प्राथमिकता निर्वाचन, सुशासन र भ्रष्टाचार नियन्त्रण : सञ्चारमन्त्री खरेल
दक्षिण कोरिया भ्रमणमा जाँदै सञ्चार मन्त्री खरेल
सरकार विधिको शासन कायम गरेर अगाडि बढ्छ : सञ्चारमन्त्री खरेल
मुलुक अहिले पनि ठूलो भ्याकुममा जान सक्ने खतरा छ: सञ्चार मन्त्री खरेल
‘सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो’ : सञ्चार मन्त्री खरेल