काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशको आयोजनामा आज ललितपुरको महालक्ष्मीस्थानमा भएको दोस्रो राष्ट्रिय सम्मेलनमा उनले सञ्चारकर्मीहरू हरेक क्षेत्रमा निपुण भएकाले अब बन्ने सरकारका पनि उनीहरूको प्रतिनिधित्व हुनुपर्ने बताए ।
पत्रकारले देश, समाज र राजनीतिका बारेमा सबै कुरा बुझेकाले राज्य सञ्चालन गर्न सञ्चारकर्मीलाई कठिन नहुने विचार व्यक्त गर्दै भने, “म पनि २५ वर्ष पत्रकारिता गरेको व्यक्ति हुँ, जेनजी आन्दोलनको बलमा आकस्मिक रूपमा मन्त्री भएको हुँ, राजनीतिलाई पेसा बनाउनेले मात्रै राजनीति गर्नुपर्छ भन्ने भाष्य चिरिएको छ, जेनजी जनआन्दोलनले पत्रकारितालाई गरेको सम्मानका कारण म मन्त्री भएको हुँ, देशका १४ हजारभन्दा बढी पत्रकारमध्ये धेरैमा राष्ट्रको नेतृत्व गर्ने क्षमता छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ माघ २०८२, १७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सञ्चारमन्त्री खरेलले दिए राजीनामा
देश र जनताको हितमा काम गर्न सञ्चार मन्त्री खरेलको निर्देशन
सञ्चारमन्त्री खरेलद्वारा ओम मेगाश्री फर्मास्युटिकल्सको निरीक्षण
सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाउन सञ्चार मन्त्री खरेलको निर्देशन
सरकारको प्राथमिकता निर्वाचन, सुशासन र भ्रष्टाचार नियन्त्रण : सञ्चारमन्त्री खरेल
दक्षिण कोरिया भ्रमणमा जाँदै सञ्चार मन्त्री खरेल