काठमाडौँ । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन् ।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले खरेललाई दक्षिण कोरिया भ्रमण गर्न अनुमति दिएको हो ।
मन्त्री खरेल २०८२ कात्तिक २६ मा गणतन्त्र कोरियाको सिओलमा आयोजना हुने ११ औँ ग्लोबल आइसिटी लिडरसिप फोरममा सहभागी हुने कार्यक्रम रहेको छ ।
त्यस्तै, सरकारले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाको लागि विश्व बैंकको व्यवस्थापनमा मल्टिडोनर ट्रष्ट फण्डबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खरेलले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असोज २०८२, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सञ्चारमन्त्री खरेलले दिए राजीनामा
भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्नेमा सञ्चार मन्त्री खरेलको जोड
देश र जनताको हितमा काम गर्न सञ्चार मन्त्री खरेलको निर्देशन
सञ्चारमन्त्री खरेलद्वारा ओम मेगाश्री फर्मास्युटिकल्सको निरीक्षण
सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाउन सञ्चार मन्त्री खरेलको निर्देशन
सरकारको प्राथमिकता निर्वाचन, सुशासन र भ्रष्टाचार नियन्त्रण : सञ्चारमन्त्री खरेल