काठमाडौँ । नारायण एम.सी. उपमहालेखापरीक्षक (विशिष्ट श्रेणी) मा बढुवा भएका छन् ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक नारायण एम.सी.लाई उपमहालेखापरीक्षकमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
बढुवा समितिको बैठकले नारायण एम.सी.सहित घनश्याम पराजुली र इन्द्रप्रसाद आचार्यको नाम सिफारिस गरेको थियो । उपमहालेखापरीक्षक बामदेव शर्मा अधिकारीको अवकाशपछि उक्त पद रिक्त भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ असार २०८२, ११ : १३
लेखकबाट थप