काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ३१ अंक बढेको छ । गत साताको अन्तिम दिन बिहीबार ३४ अंक बढेको नेप्से सूचक आइतबार पनि बढेको हो ।
वित्तीय प्रणालीको घट्दो ब्याजदर सँगै अधिक तरलताले धितोपत्र बजारमा लगानी बढेको देखिन्छ । फागुनमा तोकिएको निर्वाचन हुने नहुने द्विविधाका कारण लगानी बढाउन नसकेका लगानीकर्ताले प्रधनमन्त्रीले चुनावका लागि राजनीतिक परामर्श बढाएसँगै सकारात्मक देखिएका छन् ।
ब्याजदर न्यून भएको अवस्थामा समेत कर्जाको माग बढ्न नसकेको अवस्था छ । वित्तीय प्रणालीको पछिल्लो अवस्थालाई सेयर लगानीकर्ता धितोपत्र बजारमा लगानी बढाउन अवसरको रुपमा प्रयोग गर्न थालेपछि त्यसको सकारात्मक असर नेप्सेमा देखिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ कार्तिक २०८२, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट
सेयर बजारका सबै सूचक बढे