काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीलाई एकीकृत बनाइने बताएका छन्। शनिबार काठमाडौंमा आफू निकट नेताहरूको भेलामा सहभागी हुन पुगेका नेता खनालले पार्टीलाई पुनर्गठन/गठन गरेर एकीकृत बनाइने बताएका हुन्।
उनले पार्टीलाई सिङ्गो बनाउनका लागि अहिले टुक्रा भएको बताए। नेता खनालले उचित वातावरण बनाए नेकपा (एमाले) मा फर्कन कुनै आपत्ति नरहेको पनि जिकिर गरे।
यद्यपि, उनले एमाले अध्यक्ष केपी ओलीलाई संकेत गर्दै ‘केपी ओलीले घर फर्क भनेर मात्रै नहुने’ बताए। उनले फर्कनका लागि ढोका राम्रोसँग खोल्नुपर्ने र बस्ने ठाउँ राम्रो बनाउनुपर्ने सर्त राखे।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ कार्तिक २०८२, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल