काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीलाई एकीकृत बनाइने बताएका छन्। शनिबार काठमाडौंमा आफू निकट नेताहरूको भेलामा सहभागी हुन पुगेका नेता खनालले पार्टीलाई पुनर्गठन/गठन गरेर एकीकृत बनाइने बताएका हुन्।
उनले पार्टीलाई सिङ्गो बनाउनका लागि अहिले टुक्रा भएको बताए। नेता खनालले उचित वातावरण बनाए नेकपा (एमाले) मा फर्कन कुनै आपत्ति नरहेको पनि जिकिर गरे।
यद्यपि, उनले एमाले अध्यक्ष केपी ओलीलाई संकेत गर्दै ‘केपी ओलीले घर फर्क भनेर मात्रै नहुने’ बताए। उनले फर्कनका लागि ढोका राम्रोसँग खोल्नुपर्ने र बस्ने ठाउँ राम्रो बनाउनुपर्ने सर्त राखे।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ कार्तिक २०८२, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल