काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाभित्र लागुऔषध तस्करी नियन्त्रण गर्न अमेरिकी सैन्य आक्रमण गर्ने कुनै पनि योजनालाई स्पष्ट रूपमा अस्वीकार गरेका छन् । उनको यो अभिव्यक्ति भेनेजुएलामा कोकेन उत्पादन केन्द्र र तस्करी मार्गहरूलाई लक्षित गर्ने अमेरिकी योजना तयार भइरहेको भन्ने रिपोर्टहरू सार्वजनिक भएपछि आएको हो ।
उक्त रिपोर्टहरू सत्य हुन् कि होइनन् भनी पत्रकारहरूले सोधेको प्रश्नमा राष्ट्रपति ट्रम्पले संक्षेपमा उत्तर दिए, “होइन, यो सत्य होइन ।”
गत हप्ता अमेरिकी युद्धमन्त्री पिट हेगसेथले अमेरिकी नौसेनाको अत्याधुनिक विमानवाहक समूह युएसएस जेराल्ड आर फोर्डलाई युरोपबाट क्यारिबियन क्षेत्रतर्फ सर्न आदेश दिएका थिए । यो कदमपछि अमेरिकी सैन्य गतिविधि भेनेजुएलासँग सम्बन्धित हुनसक्ने अड्कलहरू बढेका थिए ।
यसअघि अमेरिकी सिनेटर लिन्डसे ग्राहमले पनि भेनेजुएलामाथि सम्भावित भूमि आक्रमणलाई ‘वास्तविक विकल्प’ भन्दै चेतावनी दिएका थिए । उनका अनुसार वासिङ्टनले ल्याटिन अमेरिकामा फैलिएका नार्को–तस्करी सञ्जालहरू विरुद्धको अभियानलाई अझ सशक्त बनाउन खोजिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १५ कार्तिक २०८२, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति ट्रम्पले सार्वजनिक गरे आफ्नै क्रिप्टोकरेन्सी
राष्ट्रपति ट्रम्पले सार्वजनिक गरे आफ्नै क्रिप्टोकरेन्सी
युद्ध विराम उल्लंघन भइरहे इरानको अस्तित्व मेटिने राष्ट्रपति ट्रम्पको धम्की
इरानसँग चौबीसै घण्टा संवाद भइरहेको राष्ट्रपति ट्रम्पको दाबी
इरानसँग प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको राष्ट्रपति ट्रम्पको घोषणा
खाडी मुलुकको अनुरोधमा इरानमाथि नयाँ आक्रमण स्थगित गरेको राष्ट्रपति ट्रम्पको दाबी