काठमाडौं । भदौ २३ र २४ गतेको आन्दोलनपछि निजी क्षेत्रमा सुरक्षा चिन्ता बढेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षाका लागि समन्वय गर्न निर्देशन दिएका छन्।
बिहीबार ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई परिपत्र गर्दै गृहमन्त्री अर्यालले यस्तो निर्देशन दिएका हुन्।
प्रदर्शनकाकारण भएको नोक्सानी र निजी क्षेत्रको अवस्थाको विषयमा आवश्यक छलफल र सुरक्षाको तयारी गर्न सिडिओलाई गृहमन्त्रीले निर्देशन दिएका हुन्।
गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामार्फत गृहमन्त्री अर्यालले यस्तो पत्र पठाएका हुन्।
पत्रमा जिल्लास्तरीय उद्योग वाणिज्य संघलगायतका व्यावसायिक संगठनलाई सहभागी गराई जिल्ला सुरक्षा समितिको संयोजनमा बैठक गरी आवश्यक व्यवस्था मिलाउन भनिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ कार्तिक २०८२, ०६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सुरक्षालाई साझा जिम्मेवारीका रूपमा बुझौँ: गृहमन्त्री अर्याल
निर्वाचन फागुन २१ मै हुन्छ, कुनै शंका नगर्नू: गृहमन्त्री अर्याल
वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री
सत्तामा टाँसिइरहने हाम्रो ध्यान छैन : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल