काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) बुधबार एकाएक केन्द्रीय कारागार जगन्नाथदेवल पुगे । १५ दिन देखि जेल जीवन विताईरहेका पार्टी नेता कृष्णवहादुर महरालाई भेट्न उनी त्यहाँ पुगेका थिए । भेटमा प्रचण्डसँग महराले निक्कै मन दुखाएको र गुनासै गुनासो गरेको निकट स्रोतले बताएको छ ।
गत असोज २६ देखि महरा बन्दी जीवन विताईरहेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा ई–सिगरेट(विद्युतीय चुरोट) मार्फत ल्याइएको तस्करीको सुन अनुसन्धानमा प्रहरीको सीआईबीले असोज २६ मा ललितपुरबाट पूनः पक्राउ गरेको थियो । त्यसपछि उनी काठमाडौं जिल्ला अदालतको आदेशमा असोज २९ देखि पूर्पक्षका लागि जेल चलान भएका थिए । त्यसयता उनी सुन्धरास्थित केन्द्रीय कारागारमा जेल जीवन विताईरहेका छन् ।
२०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ नागरिक ली हानसोङले लगेजमा राखी ई–सिगरेट ९भेप० भित्र करिब नौ किलोजति सुन लुकाएर ल्याएको र उक्त सुन छाडिदिन महराले टेलिफोन गरेको अभियोग उनीमाथी छ । यसै अभियोगमा उनी यस अगाडी पनि पक्राउ परेका थिए । दुई दुई पटक उनले यस अभियोगमा बयान दिईसकेका थिए । उनको बयानमा नयाँ केही प्रहरीले अहिलेसम्म फेला पार्न सकेको छैन । तर सरकार परिवर्तनपिच्छे उनलाई पक्राउ गर्ने र दुख दिने काम गरेको आरोप उनी र उनको परिवारले लगाउँदै आईरहेका बेला प्रचण्डले महरालाई कारागारमै पुगेर भेट गरेका हुन् ।
यही प्रकरणमा महरालाई पहिलो पटक नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले नै कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा २०८० असोजमा गठित आयोगले दिएको प्रतिवेदनका आधारमा २०८० चैत ५ गते महरा पक्राउ परेका थिए । आफ्नै पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र रास्वपाका सभापति रवि लामिछाने (हाल सहकारी ठगी प्रकरणमा नख्खु कारागारामा रहेका) गृहमन्त्री भएर आउनेबित्तिकै महरालाई पक्राउ गरिएको थियो। त्यसबेला उनी सरकारी वकिल कार्यालयबाट हाजिरी जमानीमा छुटेका थिए । उनका छोरा राहुल पनि पक्राउ परेका थिए, यही प्रकरणमा । उनी पनि झण्डै १८ महना बढी जेल बसेर धरौटीमा रिहा भएका थिए ।
अहिले सुशीला कार्की नेतृत्वको सरकारमा ओमप्रकाश अर्याल गृहमन्त्री भएको एक महिना नपुग्दै महरा नै निसानामा परेका थिए । पछिल्लो पटक पक्राउ अगाडी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि महरासँग चार घण्टा बयान लिएको थियो । आफुले टेलिफोन मात्र गरिदिएको र त्यसमा के सामान छ भन्ने कुनै जानकारी समेत नभएको विषयमा सुन तस्करीको प्रकरण बनाएर आफुलाई पटक पटक दुख दिइएको महराको गुनासो रहँदै आएको छ ।
बुधबार प्रचण्डसग पनि महराले त्यही गुनासो दोहोरयाएका छन् । उनले यस बारेमा पार्टीको मौनता कतिन्जेलसम्म रहने र आफुले कहिलेसम्म अन्याय सहनुपर्ने भन्द्र प्रचण्डसाग जिज्ञासा राखेको उनी निकट स्रोतले बताएको छ । ‘म निर्दोष छु । म, मेरो पार्टी माओवादी केन्द्र र मेरो राजनीतिक करियरलाई समाप्त पार्ने षड्यन्त्रस्वरूप मलाई झुटो आरोप लगाइएको छ । म कानुनी रूपमा पनि फेस गर्छु । कसैसँग फोनमा कुराकानी भएको आधारमा तथ्यहीन आरोप लगाएर फसाउने काम गरिएको छ ।
यसबारेमा पार्टीको मौनता अलिक चित्त दुखाई बनेको छ,’ प्रचण्डसँगको भेटमा महराले ब्यक्त गरेको भनाई उदधृत गदै उनी निकट स्रोतले भन्यो,‘ क्रान्तिका जटिल मोडहरूमा नेतृत्वलाई नजिकबाट साथ दिएँ । टुटफूटका गहिरा घाउहरूमा मल्हम लगाउने काम गरे । अहिले पनि माओवादी धारका विभाजित पार्टीहरु एकताबद्द गर्ने अभियानमा थिए । यही बेला फेरि त्यही मुद्दामा पक्राउ गरिएको छ । यो केशमा म पुरै निर्दाेष छु । पटक पटक यही केसमा दुख दिईरहँदा पार्टीको भूमिका हुनुपर्ने के हो ?’
महराले पार्टीले आफुमाथी केही नबोलेकोमा पनि दुखेसो पोखेका थिए । जवाफमा प्रचण्डले पार्टी सदैव महराको पक्षमा रहेको वताएका थिए । प्रचण्डले कानुनी सहयोग पार्टीले उपलब्ध गराउने बचन महरालाई दिएका थिए ।
महारासँगको भेटमा प्रचण्डले उनको स्वास्थ्य अवस्थाका बारेमा अलिक बढी जानकारी लिएका थिए । महराको स्वास्थ्य अवस्था केही समयदेखि राम्रो छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ कार्तिक २०८२, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
के छन् माओवादी निकट जेनजी रेडफोर्सका मागहरू ? हेर्नुहोस् (विस्तृतमा)
राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन ‘प्रचण्ड’को आह्वान
सबै वामपन्थीहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल
‘परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैन’: ’प्रचण्ड’
परिवर्तन पक्षधर शक्तिबीच सहकार्यको भावना सुदृढ गर्नुपर्छ : प्रचण्ड
अन्तरिम सरकार कामभन्दा चुनाव गराउन केन्द्रित होस् : प्रचण्ड