काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँगको त्रिपक्षीय वार्तामा एक पटकको छलफलले मात्रै नपुग्ने बताएकी छन् ।
सबैलाई विचार आदानप्रदान गर्न आग्रह गर्दै उनले देश आफूहरूले नै बनाउने र देश बनाउनका लागि एक पटकको कुराकानीले मात्रै नपुग्ने बताएकी हुन् ।
अहिले संवादको सुरुवात भएको उल्लेख गर्दै उनले यस्ता छलफलहरू बारम्बार हुनुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, ‘मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन । एक पटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ । हामीले सुरुवात गरेका छौँ । आआफ्ना विचार राख्न म खुला गर्छु ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ कार्तिक २०८२, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको मागहरू नयाँ सरकारले पूरा गरोस् : प्रधानमन्त्री कार्की (पूर्णपाठ)
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की
असामान्य परिस्थितिमा पनि निर्वाचन गर्न सफल भएकोमा प्रधानमन्त्री कार्कीद्वारा खुसी व्यक्त
प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको शिष्टाचार भेट
प्रधानमन्त्री कार्कीद्वारा जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा अर्चना
कर्णाली भ्रमणमा प्रधानमन्त्री कार्की