काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँगको त्रिपक्षीय वार्तामा एक पटकको छलफलले मात्रै नपुग्ने बताएकी छन् ।
सबैलाई विचार आदानप्रदान गर्न आग्रह गर्दै उनले देश आफूहरूले नै बनाउने र देश बनाउनका लागि एक पटकको कुराकानीले मात्रै नपुग्ने बताएकी हुन् ।
अहिले संवादको सुरुवात भएको उल्लेख गर्दै उनले यस्ता छलफलहरू बारम्बार हुनुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, ‘मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन । एक पटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ । हामीले सुरुवात गरेका छौँ । आआफ्ना विचार राख्न म खुला गर्छु ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ कार्तिक २०८२, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्कीद्वारा सहिद स्मारकमा श्रद्धाञ्जली अर्पण
‘स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य’ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूत एरी बासबीच शिष्टाचार भेट
पृथ्वीनारायणको सालिकमा प्रधानमन्त्री कार्कीले गरिन् पुष्पगुच्छा अर्पण
आगामी निर्वाचनबारे हालसम्मको कार्य प्रगतिका विषयमा प्रधानमन्त्री कार्कीले लिइन जानकारी
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?