एएफपी । अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका क्रममा दुवै देशबीचको सम्बन्धलाई ‘नयाँ स्वर्ण युग’ मा प्रवेश गराउने वाचा गरेकी छन् ।
जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले ट्रम्पको द्वन्द्व मध्यस्थतामा भूमिकाको प्रशंसा गर्दै उनलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने तयारी भइरहेको ह्वाइट हाउसले जनाएको छ ।
एसिया भ्रमणको दोस्रो चरणमा जापान पुगेका राष्ट्रपति ट्रम्पले ताकाइचीसँगको भेटमा जापानलाई ‘सबैभन्दा बलियो सहयोगी’ भन्दै व्यापार र सुरक्षामा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाए ।
“हामी सबैभन्दा उच्च स्तरका सहयोगी हौँ र तपाईँसँग काम गर्न पाउनु मेरो लागि सम्मान हो”, ट्रम्पले ताकाइचीलाई सम्बोधन गर्दै भने ।
ताकाइचीले थाइल्यान्ड–कम्बोडिया युद्ध विराम र गाजा सम्झौतामा ट्रम्पको प्रयासलाई ‘ऐतिहासिक उपलब्धि’ भन्दै प्रशंसा गरिन् । उनले जापान–अमेरिका गठबन्धनलाई ‘बलियो र समृद्ध स्वर्ण युग’ मा रूपान्तरण गर्ने दृढता व्यक्त गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ कार्तिक २०८२, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति ट्रम्पलाई शान्ति पुरस्कार
राष्ट्रपति ट्रम्पद्वारा भेनेजुएलामाथि आक्रमणको सम्भावना अस्वीकार
‘उत्तर कोरिया एक प्रकारको आणविक शक्ति हो’- राष्ट्रपति ट्रम्प
राष्ट्रपति ट्रम्पले भने-‘बिदामा रहेका संघीय कर्मचारीहरूले पारिश्रमिक नपाउन सक्छन्’
टिकटकको स्वामित्वमा चीनसँग सैद्धान्तिक सहमति भएको राष्ट्रपति ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानमा सत्ता परिवर्तनको संकेत