काठमाडौं । मुस्ताङको मुक्तिनाथ मन्दिर वरपर हिमपात भएको छ । मुक्तिनाथ दर्शनका लागि गएकाहरु हिमपातका कारण प्रभावित भएका छन् ।
मुक्तिनाथ दर्शनका लागि गएराति मुस्ताङ पुगेका बसन्त गौतमले भने, ‘हामी हिजो साँझ यहाँ आएका थियौं । त्यतिबेला अवस्था सामान्य थियो । आज बिहान पाँच बजेतिर उठेर मन्दिर जाऔं भन्दा त हिउँ परेको रहेछ ।’ उनले बाटोमा हिउँ जमेकाका कारण हिँडडुल गर्न कठिन भएको बताए ।
‘हामी मन्दिरभन्दा ठिक तलको क्षेत्रको होटलमा छौं, यहाँ तीन–चार इञ्च हिउँ जमेको छ,’ गौतमले भने, ‘मान्छे–गाडीहरु रोकिएका छन् ।’ होटल–पसलवालाले आफ्नो अगाडि जमेको हिउँ बेल्चाको सहायताले पन्छाए पनि सडकको हिउँ स्काभेटर लगाएरै पन्छाउनुपर्ने अवस्था रहेको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले विज्ञप्ति जारी गर्दै हिमपात भइरहेकाले यात्रामा ननिस्किन पदयात्रीलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ कार्तिक २०८२, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुक्तिनाथ दर्शन र मुस्ताङ भ्रमण गर्ने ११ पर्यटकको लेक लागेर मृत्यु