काठमाडौँ । लागु औषधसहित एक युवा पक्राउ परेका छन् । आँबुखैरेनी गाउँपालिका-४ बेनी टारबाट नियन्त्रित लागू औषध डाईजेपाम, फेनारगन र बुप्रेनोर्फिनसहित शुक्लागण्डकी-९ का २५ वर्षका सागर क्षेत्रलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार उनको साथबाट डाइजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल र बुप्रेनोर्फिन ७ एम्पुल बरामद गरिएको छ। अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुलजिपमा आइतबार बिहान गरिएको चेकजाँचमा प्रहरीले वीरगन्जबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ९९ नम्बरको बसमा सवार उनलाई उक्त लागू औषधसहित पक्राउ गरिएको हो ।
अहिले उनलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० कार्तिक २०८२, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागु औषधसहित २१ जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
युवकको मलद्वारमा फेला पर्यो ब्राउन सुगर
लागु औषधसहित दुई पक्राउ
भारतबाट ई-रिक्सामा लागु औषध ल्याउँदै गरेका चालक पक्राउ