काठमाडौँ । लागु औषधसहित एक युवा पक्राउ परेका छन् । आँबुखैरेनी गाउँपालिका-४ बेनी टारबाट नियन्त्रित लागू औषध डाईजेपाम, फेनारगन र बुप्रेनोर्फिनसहित शुक्लागण्डकी-९ का २५ वर्षका सागर क्षेत्रलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार उनको साथबाट डाइजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल र बुप्रेनोर्फिन ७ एम्पुल बरामद गरिएको छ। अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुलजिपमा आइतबार बिहान गरिएको चेकजाँचमा प्रहरीले वीरगन्जबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ९९ नम्बरको बसमा सवार उनलाई उक्त लागू औषधसहित पक्राउ गरिएको हो ।
अहिले उनलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० कार्तिक २०८२, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित दुई पक्राउ
भारतबाट ई-रिक्सामा लागु औषध ल्याउँदै गरेका चालक पक्राउ
लागुऔषधसहित ४ जना पक्राउ