झापा । भारतबाट मलद्वारमा लुकाएर लागु औषध ल्याउँदै गरेको अवस्थामा झापाबाट एक युवक पक्राउ परेका छन्।
शुक्रबार साँझ भद्रपुर नगरपालिका-५ मेचीबिटबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा ३१ वर्षीय युवक पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा झापाकै हल्दिबारी गाउँपालिका ३ निवासी अनुप महतो रहेका प्रहरीले जनाएको छ।
भारतबाट पैदलै नेपालतर्फ आउँदै गरेका महतोलाई शंका लागि चेकजाँच गर्दा मलद्वारभित्र प्लाष्टिकको पोका पारी लुकाएर ल्याउदै गरेको लागु औषध (ब्राउन सुगर) जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको हो।
उक्त पदार्थ प्लाष्टिकसहित तौल गर्दा १० ग्राम १८० मिलिग्राम र प्लाष्टिक बाहेक तौल गर्दा ९ ग्राम छ।
महतोलाई लागु औषधसहित जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ कार्तिक २०८२, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागु औषधसहित २१ जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
लागु औषधसहित एक युवक पक्राउ
लागु औषधसहित दुई पक्राउ
भारतबाट ई-रिक्सामा लागु औषध ल्याउँदै गरेका चालक पक्राउ