काठमाडौँ । नौ ग्राम २३० मिलिग्राम लागुऔषध (खैरो हेरोइन)सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका-१ बिजौराका २७ वर्षीय राजु चौधरी र टीकापुर नगरपालिका-६ नारायणपुरबाट सोही ठाउँका ४१ वर्षीय नारायण डंगौरालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार राजुले चलाएको से ३ प ५१४१ नम्बरको मोटरसाइकल बिजौरास्थित माछा पोखरी नजिक चेकजाँच गर्दा अगाडिको भाइजरमुनि हेन्डिलको गार्डको प्वालभित्र लुकाइछिपाइ राखेको अवस्थाबाट नौ ग्राम खैरो हेरोइन बरामद गरिएको छ ।
यस्तै, टीकापुर नगरपालिका-६ स्थित नारायणपुर चोकमा हिँडिरहेको नारायणलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट २३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । लागु औषधसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ भदौ २०८२, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतबाट ई-रिक्सामा लागु औषध ल्याउँदै गरेका चालक पक्राउ
लागुऔषधसहित ४ जना पक्राउ
अवैध लागु औषधसहित ४ जना पक्राउ