काठमाडौँ । नौ ग्राम २३० मिलिग्राम लागुऔषध (खैरो हेरोइन)सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका-१ बिजौराका २७ वर्षीय राजु चौधरी र टीकापुर नगरपालिका-६ नारायणपुरबाट सोही ठाउँका ४१ वर्षीय नारायण डंगौरालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार राजुले चलाएको से ३ प ५१४१ नम्बरको मोटरसाइकल बिजौरास्थित माछा पोखरी नजिक चेकजाँच गर्दा अगाडिको भाइजरमुनि हेन्डिलको गार्डको प्वालभित्र लुकाइछिपाइ राखेको अवस्थाबाट नौ ग्राम खैरो हेरोइन बरामद गरिएको छ ।
यस्तै, टीकापुर नगरपालिका-६ स्थित नारायणपुर चोकमा हिँडिरहेको नारायणलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट २३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । लागु औषधसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ भदौ २०८२, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित दुई जना पक्राउ
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागु औषधसहित २१ जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
युवकको मलद्वारमा फेला पर्यो ब्राउन सुगर
लागु औषधसहित एक युवक पक्राउ