एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उत्तर कोरियालाई ‘एक प्रकारको आणविक शक्ति’ भएको बताएका छन् । प्योङयाङका नेता किम जोङ उनीसँगको सम्भावित भेटसमेत समावेश हुनसक्ने एसियाली भ्रमणका लागि अमेरिकाबाट प्रस्थान गर्नुअघि उनले त्यस्तो टिप्पणी गरेको हो ।
एयर फोर्स वानमा पत्रकारहरूले वासिङ्टनसँगको वार्ताका पूर्वशक्तका रूपमा उत्तर कोरियालाई आणविक राष्ट्रको रूपमा मान्यता दिनेबारे सोध्दा ट्रम्पले उत्तर दिए, “ठिक छ, मलाई लाग्छ उनीहरू एक प्रकारका आणविक शक्ति हुन् । जब तपाईँ भन्नुहुन्छ कि तिनीहरूलाई मान्यता दिनुपर्छ, ठिक छ, उनीहरूसँग धेरै आणविक हतियार छन्, म त्यसो भन्छु ।”
राष्ट्रपति ट्रम्प आगामी बुधबार दक्षिण कोरियामा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ । अमेरिकी सञ्चारमाध्यमहरूले यसअघि ट्रम्प प्रशासनका केही अधिकारीहरूले उनी र उत्तर कोरियाली नेता किमबीच पुन:वार्ताको सम्भावना खोज्दै अनौपचारिक छलफल चलाएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ कार्तिक २०८२, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति ट्रम्पलाई शान्ति पुरस्कार
राष्ट्रपति ट्रम्पद्वारा भेनेजुएलामाथि आक्रमणको सम्भावना अस्वीकार
राष्ट्रपति ट्रम्प-प्रधानमन्त्री ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’ को घोषणा
राष्ट्रपति ट्रम्पले भने-‘बिदामा रहेका संघीय कर्मचारीहरूले पारिश्रमिक नपाउन सक्छन्’
टिकटकको स्वामित्वमा चीनसँग सैद्धान्तिक सहमति भएको राष्ट्रपति ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानमा सत्ता परिवर्तनको संकेत