एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उत्तर कोरियालाई ‘एक प्रकारको आणविक शक्ति’ भएको बताएका छन् । प्योङयाङका नेता किम जोङ उनीसँगको सम्भावित भेटसमेत समावेश हुनसक्ने एसियाली भ्रमणका लागि अमेरिकाबाट प्रस्थान गर्नुअघि उनले त्यस्तो टिप्पणी गरेको हो ।
एयर फोर्स वानमा पत्रकारहरूले वासिङ्टनसँगको वार्ताका पूर्वशक्तका रूपमा उत्तर कोरियालाई आणविक राष्ट्रको रूपमा मान्यता दिनेबारे सोध्दा ट्रम्पले उत्तर दिए, “ठिक छ, मलाई लाग्छ उनीहरू एक प्रकारका आणविक शक्ति हुन् । जब तपाईँ भन्नुहुन्छ कि तिनीहरूलाई मान्यता दिनुपर्छ, ठिक छ, उनीहरूसँग धेरै आणविक हतियार छन्, म त्यसो भन्छु ।”
राष्ट्रपति ट्रम्प आगामी बुधबार दक्षिण कोरियामा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ । अमेरिकी सञ्चारमाध्यमहरूले यसअघि ट्रम्प प्रशासनका केही अधिकारीहरूले उनी र उत्तर कोरियाली नेता किमबीच पुन:वार्ताको सम्भावना खोज्दै अनौपचारिक छलफल चलाएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ कार्तिक २०८२, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति ट्रम्पले सार्वजनिक गरे आफ्नै क्रिप्टोकरेन्सी
राष्ट्रपति ट्रम्पले सार्वजनिक गरे आफ्नै क्रिप्टोकरेन्सी
युद्ध विराम उल्लंघन भइरहे इरानको अस्तित्व मेटिने राष्ट्रपति ट्रम्पको धम्की
इरानसँग चौबीसै घण्टा संवाद भइरहेको राष्ट्रपति ट्रम्पको दाबी
इरानसँग प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको राष्ट्रपति ट्रम्पको घोषणा
खाडी मुलुकको अनुरोधमा इरानमाथि नयाँ आक्रमण स्थगित गरेको राष्ट्रपति ट्रम्पको दाबी