काठमाडौं । आउँदो निर्वाचनको तयारीका लागि प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छिन् ।
आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरिएको छलफलमा प्रमुख दलहरू कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरूलाई बोलाइएको छ ।
नेकपा (एमाले) बाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।
यस्तै, नेपाली कांग्रेसबाट को—को सहभागी हुने भन्ने विषयमा टुंगो नलागेको प्रवक्ता प्रकाश शरण महतले बताए ।
उनले भने, ‘प्रधानमन्त्री ज्यूले छलफलका लागि आह्वान गर्नुभएको छ । तर पार्टीबाट को सहभागी हुने विषय टुंगो लागेको छैन । त्यो कुरा सहभागी हुने पदाधिकारीलाई सोध्नपर्छ ।’
यस्तै नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले प्रधानमन्त्रीसँग राजनीतिक दलहरूको छलफल भएको खबर आधिकारिक रूपमा नआएको बताए ।
उनले भने, ‘प्रधानमन्त्री ज्यूसँग छलफल छ भन्ने कुरा त जानकारीमा आयो तर पार्टी कार्यालयमा अहिलेसम्म कुनै आधिकारिक पत्र आएको छैन । त्यस कारण को जाने भन्ने नै छैन ।’
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम सहभागी हुने बताइएको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट महामन्त्री राजेन्द्र गुरूङ र प्रवक्ता मोहन श्रेष्ठ जाने भएका छन् ।
प्रधानमन्त्री कार्कीको उपस्थितिमा यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले दलहरूसँग छलफल गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ कार्तिक २०८२, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुलापत्र
पत्रकार महासंघले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो
थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गर्न सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्रीलाई भेट्न पुगे गृहमन्त्री गुरुङ
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो साता प्रत्यक्ष प्रश्नोत्तर हुने
विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै प्रधानमन्त्री