काठमाडौं । आउँदो निर्वाचनको तयारीका लागि प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छिन् ।
आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरिएको छलफलमा प्रमुख दलहरू कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरूलाई बोलाइएको छ ।
नेकपा (एमाले) बाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।
यस्तै, नेपाली कांग्रेसबाट को—को सहभागी हुने भन्ने विषयमा टुंगो नलागेको प्रवक्ता प्रकाश शरण महतले बताए ।
उनले भने, ‘प्रधानमन्त्री ज्यूले छलफलका लागि आह्वान गर्नुभएको छ । तर पार्टीबाट को सहभागी हुने विषय टुंगो लागेको छैन । त्यो कुरा सहभागी हुने पदाधिकारीलाई सोध्नपर्छ ।’
यस्तै नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले प्रधानमन्त्रीसँग राजनीतिक दलहरूको छलफल भएको खबर आधिकारिक रूपमा नआएको बताए ।
उनले भने, ‘प्रधानमन्त्री ज्यूसँग छलफल छ भन्ने कुरा त जानकारीमा आयो तर पार्टी कार्यालयमा अहिलेसम्म कुनै आधिकारिक पत्र आएको छैन । त्यस कारण को जाने भन्ने नै छैन ।’
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम सहभागी हुने बताइएको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट महामन्त्री राजेन्द्र गुरूङ र प्रवक्ता मोहन श्रेष्ठ जाने भएका छन् ।
प्रधानमन्त्री कार्कीको उपस्थितिमा यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले दलहरूसँग छलफल गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ कार्तिक २०८२, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ: प्रधानमन्त्री कार्की
मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, निर्वाचनमा ढुक्कसँग सहभागी हुनुस् : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना
कुलमानलाई प्रधानमन्त्रीको प्रश्न– 'दलीय आवद्दता खुल्यो, अव के गर्ने ?'
प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेट
पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएका छन् : प्रधानमन्त्री कार्की