काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउन सरकार दत्तचित्त भएर लागिरहेको बताएकी छन्।
तिहारको शुभकामना सन्देश जारी गर्दै उनले निर्वाचन तयारीका क्रममा राजनीतिक संवाद र सुरक्षा व्यवस्थाका काम पनि सन्तोषजनक ढंगले अघि बढेको दाबी गरेकी छन्।
‘फागुन २१ गतेभित्र स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, त्यसअगाडि आदर्श राज्य सञ्चालनको सुनिश्चिततासहित सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा बेथितिको निष्पक्ष छानबिन गर्ने कार्य हाम्रो प्राथमिक जिम्मेवारी हो भन्नेमा हामी स्पष्ट छौँ’, सन्देशमा उनले भनेकी छन्, ‘६ महिनाभित्र स्थिर सरकार दिने प्रतीज्ञाका साथ हामी निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागिपरेका छौँ । यसनिम्ति राजनीतिक संवाद र सुरक्षा स्थिति सुधारको काम सन्तोषजनक ढंगले अघि बढेको छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ कार्तिक २०८२, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति
'प्रधानमन्त्रीलाई माफी मगाउने कि बोली सच्याउने' : विपक्षी दलभित्रै मतभेद
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
प्रधानमन्त्रीको जवाफ नआएसम्म विपक्षी दलले प्रतिनिधि सभाको अवरोध जारी राख्ने
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?