काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउन सरकार दत्तचित्त भएर लागिरहेको बताएकी छन्।
तिहारको शुभकामना सन्देश जारी गर्दै उनले निर्वाचन तयारीका क्रममा राजनीतिक संवाद र सुरक्षा व्यवस्थाका काम पनि सन्तोषजनक ढंगले अघि बढेको दाबी गरेकी छन्।
‘फागुन २१ गतेभित्र स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, त्यसअगाडि आदर्श राज्य सञ्चालनको सुनिश्चिततासहित सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा बेथितिको निष्पक्ष छानबिन गर्ने कार्य हाम्रो प्राथमिक जिम्मेवारी हो भन्नेमा हामी स्पष्ट छौँ’, सन्देशमा उनले भनेकी छन्, ‘६ महिनाभित्र स्थिर सरकार दिने प्रतीज्ञाका साथ हामी निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागिपरेका छौँ । यसनिम्ति राजनीतिक संवाद र सुरक्षा स्थिति सुधारको काम सन्तोषजनक ढंगले अघि बढेको छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ कार्तिक २०८२, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ: प्रधानमन्त्री कार्की
मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, निर्वाचनमा ढुक्कसँग सहभागी हुनुस् : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना
कुलमानलाई प्रधानमन्त्रीको प्रश्न– 'दलीय आवद्दता खुल्यो, अव के गर्ने ?'
प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेट
पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएका छन् : प्रधानमन्त्री कार्की