काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश समितिको अधिवेशनमा जुटेको छ । पार्टीले दुई वटा प्रदेश समितिको अधिवेशन सम्पन्न गरिसकेको छ भने आज सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश समितिको अधिवेशन गर्न लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।
पार्टीका महासचिव रामकुमार शर्माले कर्णाली प्रदेश समितिको अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। जसपा नेपालले कोशी प्रदेश समिति र मधेश प्रदेश समितिको अधिवेशन सम्पन्न गरेको छ ।
कोशी प्रदेश समितिको अधिवेशनबाट दीपक याक्खाको अध्यक्षतामा प्रदेश कार्यसमिति निर्वाचित भएको छ । प्रदेश समितिको उपाध्यक्षमा अनील ठाकुर, हस्तशोधा राई विष्णुकुमार लावती मुख्यसचिवमा घनश्याम कटुवाल सचिवहरूमा आइत चेम्जोङ, मनोज यादव, दीपेन्द्र रुम्दाली र कोषाध्यक्षमा केशव जवेगू निर्वाचित भएका छन् ।
त्यसैगरी मधेस प्रदेश समितिको अधिवेशनबाट अध्यक्षमा बालकिशोर प्रसाद यादव, मुख्य सचिवमा ज्ञानेन्द्र यादव र कोषाध्यक्षमा विष्णु साह निर्विरोध निर्वाचित भएका छन् । बाँकी पदाधिकारी र सदस्यहरू निर्वाचित हुने प्रक्रियामा रहेको बताइएको छ ।
जसपा नेपालको लुम्बिनी प्रदेश समितिले अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेश समितिले कार्तिक २९ र ३० गते भैरहवामा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ । बाँकी प्रदेश समितिले अधिवेशनको तयारी गरिरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ कार्तिक २०८२, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा