मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई मन्त्रीले लिए शपथ

सफल खबर संवाददाता

विहीबार, ३० असोज २०८२, १४ : ५१
मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई मन्त्रीले लिए शपथ

काठमाडौँ। मधेश सरकारमा नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् ।

जनमत संसदीय दलका नेता महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिष पटेलले विना विभागीय मन्त्रीको गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट दुवै जनाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

दुवैजनालाई नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले मन्त्री नियुक्त गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस